बुधबार, बैशाख १९, २०८१

आजबाट काँग्रेसको क्रियाशील सदस्यता वितरण र नविकरण प्रक्रिया शुरु

काठमाडौ फागुन १६, नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारी अन्र्तगत आजबाट नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यको शुभारम्भ गरेका छन । यसको लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि पार्टी मुख्यालयले फारम वितरण कार्यलाए तिव्रता दिएको छ ।

 काँग्रेस केन्द्रीय समितिको गत माघ २९ गतेको बैठकले विद्यमान क्रियाशील सदस्य सङ्ख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गरेअनुरुप पार्टीको विधानत तर्जुूमा गरिएको कार्यविधिबाट निर्देशित हुँदै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न शुरु गरेको हो ।

काँग्रेसको मौजुदा क्रियाशील सदस्य सख्या करिब पाँच लाख रहेको प्रस्तुत सख्यालाइ बढाउँदै अव ८ लाख पुर्याउँने काग्रेसको नितिगत निर्णय रहेको छ । त्यस्तै काँग्रेसले आजबाट शुरु गरेको क्रियाशील सदस्यता नयाँ पार्टी प्रवेश गर्ने सदस्य र पार्टी समायोजन बाट काँग्रेस सदस्यता ग्रहण गर्ने नेता  तथा कार्यकर्ता लक्षित हुने जनाएको छ । साथै संघीय संरचनाअनुसार पार्टीको अन्तरिम संरचना समायोजनको कार्य पूरागर्दै काँग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि काँग्रसले आजबाट आगामी चैतमहिनाभित्र सम्म गरिसक्न समेत सर्कुलर जारी गरेको छ ।

स्मरण रहोस गत माघ १३ गते बसेका काँग्रेस केन्द्रीय समिति बैठकले आसन्न १४औ महाधिवेशन अन्र्तगत गाउँ÷नगर वडा अधिवेशन– २०७७ साल कात्तिक १६ गते, गाउँ/नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गते गर्ने निर्णय गरेको थियो । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन मङ्सिर २९ गते र केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने कार्यसूची नेता यसअघिनै जारी गरिसकेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31