बुधबार, बैशाख १२, २०८१

कमिसन अडियो प्रकरण: झुठा लाल्छना भएको भन्दै आरोपित बाँस्कोटाद्वारा गाली बेइज्जती मुद्दा दायर

काठमाडौ फागुन १६,  बहुचर्चित सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको विषयमा अडियो प्रकरणका कारण मन्त्रीपदबाट राजीनामा दिएा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले आज काठमाडौँ जिल्ला अदालतमा उक्त प्रकरण सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका छन ।

तत्कालीन मन्त्री बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको उल्लेख गर्दै मिश्रविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेको हो ।

त्यस्तै बाँस्कोटाले मुद्दा दर्ता गरेसंगै साताव्यापी मौनतापछि सामाजिक सञ्जाल फेसबुकमा “मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्जतीको विरुद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौँमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु   भन्दै स्ट्याटस लेखेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।