शुक्रबार, बैशाख १४, २०८१

यसकारण भयो सामाजिक सञ्जालमा प्रहरी इन्स्पेक्टर पौडेलको हर्कत भाइरल

काठमाडौ फागुन १६,  सामाजिक सञ्जालमा प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी इन्स्पेक्टर देवीप्रसाद पौडेलको विषयमा अनेकन टिकाटिप्णी सहितको विरोधले आज निकै प्रशय पाएको छ ।  प्रहरी इन्सपेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठ नामकी एक महिलालाइ पछाडिबाट लाठीले हान्दै धपाउँन खोजेको भिडियो बाहिर आएसंगै इन्स्पेक्टर पौडेल विरुद्ध सामाजस्क सञ्जालमा अनेन टिप्पणी शुरु भएको हो ।  हुन पनि प्रहरी इन्स्पेक्टर पौडेलले ती महिलालइ प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेको भिडियोमा देख्न सकिन्छ ।

प्राप्त जानकारी अनुसार ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीले काँखमा बच्चा लिएकी हेमा श्रेष्ठवीच पूरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दवाव दिन जम्मा भएकी महिला समुहलाइ हटाउान सेनाका पूर्व जर्नेल खबीले प्रहरीमा खवर गरेसंगै प्रहरीले महिलावादी समुहलाइ नियन्त्रणमा लिने क्रममा नमानेपछि बल प्रयोग गरिएको र त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाएको बताईएकोछ ।

यसविषयमा ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गरिएको जनाउ दिदै गर्दा इन्स्पेक्टर पौडेल पनि आफूले लाठी प्रहार गरेको स्वीर्कारपछि पउक्त भिडियो समाजिक सञ्जालमा भाइरल भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।