मङ्लबार, बैशाख २५, २०८१

सरकारमा जानुपूर्व नितिगत एजेन्दाको कारोवार उधारोमा नभइ नगदमा गर्न नेतृत्वको ध्यानाकर्षण

काठमाडौ माघ ८, नेकपा नेतृत्वको सरकारबाट समाजवादी पार्टी बाहिरिएसंगै सरकारमा जाने तयारीमा रहेका राजपा नेतृत्वलाइ आज सरकारम गयो भोलि वाहिरिनु पर्ने प्रवृतिको अन्त्यका लागि पार्टीभित्र संस्थागत निर्णय पछि मात्र सरकारमा सहभागी हुनुपर्ने आवाज मुखरित हुन थालेको छ ।

राजपाका वरिष्ठ उपाध्यक्षहरू सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लाल, उपाध्यक्ष गोविन्द चौधरी र रमेशप्रसाद यादव तथा महासचिव विजयकुमार सिंहले अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवलाई लिखित पत्र सहित यस्तो माग गरेको हो ।

सम्वद्ध स्रोतका अनुसार मधेसवादीदलको सरकारमा जाने मोहलाइ प्रयोग गर्दै विगतदेखिनै सरकारको नेतृत्वले मधेसीजनताको भावना माथि खेलवाद गर्दै आएको पक्षप्रति समेत राजपा गम्भीर हुनुपर्ने बताउँदै राजपाको उपाध्यक्षको माग सकारात्मक रहेको बताएका छन । होइत भने समाजवादी पार्टीको नियति भाग्नुपर्ने अवस्था आउँने दावी समाचार स्रोतको रहेको छ ।

यसअर्थमा पनि राजपाले सरकारमा जानु पूर्व संविधान संशोधन,रेशम चौधरीको मुद्धाको छिनोफानो लगायतका अन्य राजनीतिक मुद्दाहरू खारेज गरी तिनको रिहाइका लागि पहिले पहल हुनुपर्ने अर्थात कारोवार उधारोमा नभइ नगदमा गर्नुपर्ने आशय व्यक्त गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु