बुधबार, बैशाख १९, २०८१

२ हजार घुस लिदैगर्दा साँखु मालपोतका नासु कुइँकेल पक्राउ

काठमाडौ पुस २२,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साँखु मालपोतका नासु रामेश्वर कुइँकेललाई सेवाग्राहीसँग संगै लेखापढी व्यवसायी श्रीराम सापकोटालाइ रु २ हजार घुस लिँदालिँदै अवस्थामा पक्राउ गरेको छ ।

कुइँकेलले सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरेबापत उक्त रकम घुस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै आजै आयोगले इप्रका तुलसीपुरका प्रहरी नायब निरीक्षक हेमन्त केसीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । निजले रु सात हजार घुस लिदै सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई हिरासत मुक्त गरेको आरोपमा मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु