बिहिबार, चैत्र १५, २०८०

महासंघद्दारा जनकपुरका मेयर लालकिशोरबाट पत्रकारमाथि भएको कुटपिट घटनाको भत्र्सना

नगरप्रहरीको सहयोगमा जनकपुरका मेयर लालकिशोरले गरे पत्रकारमाथि कुटपिट

काठमाडौं पुस २२,नेपाल पत्रकार महासंघले जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले समाचारसंकलन रहेका पत्रकारमाथि आफ्ना सहयोगी तथा नगरप्रहरी प्रयोग गरी गरेको कुटपिट तथा दुव्र्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघद्दारा जारी विज्ञप्तिमा विश्व सम्पदा सूचिमा सूचिकरणका लागि सिफारिस गरिएको जानकी मन्दिरको जग्गा अतिक्रमण भएको विषयमा आज मेयर साहसंग प्रतिकृया लिन पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, उज्यालो अनलाईन डटकमका पत्रकार सुवास कर्ण, देश सञ्चार डटकमका पत्रकार राजा झालाई आफ्नो सहयोगी तथा नगरप्रहरी प्रयोग गरी कुटपिट गर्नुका साथै, कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुरलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा जानकी मन्दिरको जग्गा अतिक्रमणको विषयको समाचार संकलन प्रतित्रिया लिन पुगेका पत्रकार टोलीलाइ उपमहानगरपालिकाका मेयर जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाटै पत्रकारहरुमाथि भएको कुटपिट तथा दुव्र्यवहारको घटना हुनु भनेको प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्न भएको उल्लेख गर्दै महासंघले घटनाको भत्र्सना सहित घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्नुका साथै पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूती गर्न सरकारसंग जोडदार माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।