शनिबार, बैशाख ८, २०८१

नेतृत्वलाई केन्द्रीय समितिको निर्णय सच्याउँदै अगाडी बढ्न जिल्ला सभापतिहरुको आग्रह

काठमाडौ पुस २२,  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर ४१ जिल्ला सभापतिहरुको ‘जिल्ला सभापति परामर्श बैठक ले काँग्रेस नेतृत्वलाइ यसअघि केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा गरिएको निर्णय सच्याउँदै सहमतिमा आसन्न १४ औ महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेको छ ।

सोमबारबाट शुरु भएको दइ दिने भेला भनिएपनि जिल्ला सभापतिहरुले बोल्ने क्रम नसकिएका कारण बुधवारसम्म जारी रहने बताइएको प्रस्तुत भेलाको शुभारम्भसत्रमा वरिष्ठ नेता पौडेल र महामन्त्री डा शशाङ्क कोइराला केन्द्रीय सदस्यद्दय प्रकाहमान सिंह,नविन्द्रराज जोशी लागयतले आफ्नो धारणा राख्नु भएको थियो भने आजको श्रृखलामा नेताहरु कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा रामशरण महत र डा शेखर कोइरालाले पार्टीको वर्तमान परिस्थितिका बारेमा आफ्नो अभिमत राख्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।