बुधबार, बैशाख २६, २०८१

विपीको विचारलाइ नाटकको प्रारुपमा होइन व्यवाहारिक रुपमा अङ्गिकार गर्न आवश्यक: नेता गुरुङ

काठमाडौं पुस १४, वीपी बिचार राष्ट्रिय समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा वोल्दै समाजका अध्यक्ष  तथा काँग्रेस नेता  कुलबहादुर गुरुङले काँग्रेस नेतृत्वले विपीको नाम र विचारलाइ केवल नाटकको प्रारुपमा अङ्गिकार गर्दै आएको बताउँनु भएको छ ।

नेता कुल बहादुर गुरुङ

साथै ०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रजातान्त्रिक आन्दोलनका आधारस्तम्भ जननेता वीपी कोइरालासहित गणेशमान सिंह, रामबाबु प्रशाई ,स्व खुमबहादुर खड्कालगायतका नेताहरु आठ वर्षे लामो निर्वासन जीवन पछि मुलुक र जनअधिकारको रक्षाका लागि ज्यानको बाजी लगाएर मेलमिलापको नीतिका साथ राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको प्रसंग अर्थात राष्ट्रिय मेलमिलापको सन्दर्भमा समाजले आयोजना गरेको कार्यक्रममा उहाँले कांग्रेसले बिपीको बिचारलाई व्यवाहारिक रुपमा आत्मसाथ गर्न नसक्दा काँग्रेस कमजोर बन्दै गएको बताउँदै काँग्रेस उभो लाग्ने मार्ग भनेकै विपीको विचार भएको र यसलाइ ग्रहरण गर्दै कार्यान्वयनमुखी बनाउँन आवश्यक रहेको बताउँनु भएको छ ।

त्यस्ते पछिल्लो समय काँग्रेसभित्र बढ्दै गएको गुट उपगुटका कारण नेपाली कांग्रेस समाप्त हुन सक्ने खतरा समेत देखिन थालेको बताउँदै समय छदैमा आफ्नो पदचापलाइ सच्चयाउँन काँग्रेस नेतृत्वलाइ सुझाव समेत दिनु भएको छ ।  कार्यक्रममा वीपी बिचार राष्ट्रिय समाजका सह अध्यक्ष गोबिन्दराज जोशी लगायतले विपीको आर्दश केवल ओठेभक्तिको लागि नभइ कार्यान्वयनको लागि भएको बताउँनु भएके छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30