बुधबार, बैशाख १९, २०८१

पत्रकार श्रेष्ठलाई थेम्मृङ पत्रकारिता पुरस्कार

भक्तपुर मंसिर २२,  पत्रकार दानदास श्रेष्ठलाई नगदसहित थेम्मृङ पत्रकारिता पुरस्कारले सम्मानित गरेको छ । ३ दसकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहने क्रममा पछिल्लो समय स्वतन्त्र सञ्चारग्राम साप्ताहिकको   सम्पादकको जिम्मेवारीमा रहेका श्रेष्ठलाइ शनिवार मध्यपुर सञ्चार समाजको तेस्रो अधिवेशनको अवसरमा सम्मानित गरिएको हो ।  थिमिको लिच्छविकालीन नाउँबाट सञ्चालित थेम्मृङ मासिक पत्रिकाले समाजको अधिवेशनमा सञ्चार संस्था वा सञ्चारकर्मीलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्दै आएको छ ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तथ्यगत रिपोर्टिङ गर्नुपर्नेमा जोड दिदै कुनै अमुक व्यक्तिले स्रोतविहीन समाचार लेखेकै भरमा त्यसलाई हुबहु सारेर प्रचार गर्ने भन्दा पनि तथ्यगत समाचार सम्प्रेशन गरिदिन उहाँले आह्वान गर्नुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर, नेवाः पत्रकार राष्ट्रिय दबू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका प्रतिनिधि, पत्रकारिता अध्यापन गराउने प्राध्यापक, विभिन्न सञ्चार गृहमा आवद्ध पत्रकारदेखि प्रशिक्षार्थी पत्रकारको सहभागिता रहेको थियो ।

यसैबीच मध्यपुर सञ्चार समाजले नयाँ नेतृत्व छनोट गरेको छ । समाजको तेस्रो अधिवेशनले बाबुकाजी साःछेँ श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्ष , सचिव सहसचिव र कोषध्यक्ष क्रमस सागर गुरागाइँ, सुमन श्रेष्ठ, पृथ्वीराम श्रेष्ठ र चन्द्रकृष्ण श्रेष्ठ रहेका छन । त्यस्तैगरि सदस्यहरूमा कृष्णकाजी मानन्धर, विश्वेश्वर श्रेष्ठ, ज्ञानदेव श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, जगत प्रजापतिलाई सर्वसम्मत निर्वाचित गरेको छ । निवर्तमान अध्यक्ष हरिवहादुर श्रेष्ठलाई सल्लाहकार तथा पदेन सदस्यमा मनोनित गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30