शुक्रबार, चैत्र १६, २०८०

भूटान साग फुटबलको फाइनलमा, आज नेपाल र बङ्गलादेशबीच खेल हुने

साग अन्तर्गत आज १५ वटा खेल हुँदै

काठमाडौं मंसिर २२ , १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत भूटान पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको खेलमा श्रीलङ्कालाई ३–० गोल अन्तरमा पराजित गर्दै भूटान फाइनलमा प्रवेश गरेको हो ।

भूटानको तर्फबाट खेलको १९औँ मिनेटमा त्यस्तै ६१औँ मिनेटमा र ८०औँ मिनेटमा भएको गोल सहित भूटान फइनल राण्डमा प्रवेश गरेको हो ।
आइतबार हुने नेपाल र बङ्गलादेशबीचको खेलको विजेतासँग भूटानले स्वर्ण पदकका लागि फाइनल खेल्ने भएको छ ।

यसैवीच साग अन्तर्गत आज १५ वटा खेल हुँदैछन् । जनकपुरमा कुस्ती हुने छ भने पोखरामा भारत्तोलन, महिला क्रिकेटको स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । काठमाडौं उपत्यकामा पुरुष फुटबलमा नेपाल र बंगलादेशवीच अपरान्ह साढे ५ बजे समूह चरणको खेलमा प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै पुरुष क्रिकेटको स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश कीर्तिपुर मैदान प्रतिस्पर्धा हुदैछ । त्यस्तै ललितपुरमा पौडी, स्क्वास, जुडो लगाएतका खेलहुँदैछन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।