शनिबार, बैशाख ८, २०८१

कोहलपुर वालिका मृत्यु प्रकरण: विधार्थी र प्रहरीवीच झडप, दर्जनौ घाइते,स्थिती तनावग्रस्त

बाँके मंसिर २२,  कोहलपुरबाट नेपालगञ्ज आउँदै गरेको ना२ख ९४५९ नंको मालवाहक ट्रकले त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । वालिका प्रकृति चन्दको   ट्रकको  ठक्कर पछि   बालिका प्रगती चन्दको दुबै खुट्टा  गुमेसंगै  कोहलपुर तनावग्रस्त बनेको हो । दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ट्रकमा आगो लगाइदिएका छन् ।

  त्यस्तै विधार्थीको प्रदर्शन लाइ नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेका थिए ।  प्राप्त जानकारी अनुसार आफ्ना बुबासँग मोटरसाइकलमा विद्यालय आएकी वालिका चन्दलाइ पछाडिबाट आएको ट्रकले ठक्करबाट ठक्कर  दिएपछि कोहलपुरको अवस्था तनावग्रस्त भएको बताईएकोछ ।

त्यस्तै प्राप्त थपजानकारी अनुसार घटनाको सवालमा स्थानीयका समेत आन्दोलित बनेपछि कोहलपुर बजार बन्द भएको छ ।त्उसलगत्तै कोहलपुरमा व्यापक प्रहरी परिचालन गरिएको छ । त्यसक्रममा आक्रोशित विद्यार्थी प्रहरीवीच भएको झडपमा केही प्रहरी र विद्यार्थी समेत घाइते भएको बताइएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।