बुधबार, बैशाख २६, २०८१

परराष्ट्र मन्त्रालयले भन्यो – कालापानी क्षेत्र नेपालको भूभाग हो यसमा कुनै समस्या छैन

काठमाडौ कार्तिक २०, परराष्ट्र मन्त्रालयले भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्शाको सवालमा उठेको यावत टिकाटिप्पणीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गर्दै यसमा दुविधामा नपर्न आग्रह गरेको छ ।
मन्त्रालयले अवेर साँझ जारी विज्ञप्तिमा नेपाल तथा भारतका परराष्ट्रमन्त्रिस्तरीय संयुक्त आयोगका बैठकबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याको समाधानका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवले काम गर्ने गरी जिम्मेवारी दिइएको उल्लेख गर्दै सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनुपर्ने र एकपक्षीय ढङ्गबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने आफ्नो प्रष्ट अडान रहेको जनाएको छ ।

त्यस्तै दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको उल्लेख गरिएको छ ।

 

अनेरास्ववियुद्वारा राजधानीमा विरोध  प्रदर्शन गर्दै भने ‘गो ब्याक इन्डिया’

यसैवीच यसैवीच काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आज एक विज्ञप्ति जारी गरी नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने विषय सार्वजनिक हुँदासमेत सरकार किन मौन भनी प्रश्न गरेको छ । दलका अध्यक्ष जितजङ्ग बस्नेतले जारी गरेको विज्ञप्तिमा नेपाली जनताको चाहनाबमोजिम उक्त भूभागबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै नेपालको एक मुठी माटो पनि कसैले लगेमा तरुण दललाई किमार्थ मान्य नहुने उल्लेख गर्दै भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि सरकारले कूटनीतिक पहल तत्काल शुरु गर्न माग गरेको छ ।

त्यस्तै सत्तारूढ दल  नेकपा निकट अनेरास्ववियुले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेकामा आज राजधानीमा विरोधमा प्रदर्शन गरेको छ । अखिलले आज दिउँसो प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसबाटनिस्केको प्रदर्शन पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा गई कोणसभामा परिणत भएको थियो । कोण सभामा वोल्ने सवै वक्ताले नेपालको एक इन्च भूमि पनि भारतीय पक्षले मिच्न नपाइने भन्दै भारतीय पक्षलाई नक्सा सच्याउन माग गरेको थिए ।

प्रदर्शनका क्रममा विद्यार्थीले नेपालको ‘गो ब्याक इन्डिया, कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो’, ‘मिचिएको हाम्रो भूमि फिर्ता गर’ ‘आफ्नो माटो, अर्काले दाब्दा किन मौन सरकार’, ‘भारतीय विस्तारवाद मुर्दावाद’ जस्ता नारा लगाएका थिए । कोणसभामा अखिलका संयोजक ऐन महरले नेपालको एक इन्च भूमि पनि भारतीय पक्षले मिच्न नपाइने भन्दै भारतीय पक्षलाई नक्सा सच्याउन माग गर्नुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031