बुधबार, बैशाख १२, २०८१

अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असर, देशभर बदली र वर्षाको सम्भावना

काठमाडौं कार्तिक २१, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा अबको केही दिन वर्षाको साथै हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले मौसम खुले पनि मध्यान्ह्बाट देशको धेरैजसो स्थानमा बदली हुने संभावना रहेको जनाएको छ ।

त्यस्तै शुक्रवार दशेको पहाडी भागमा आंशिकदेखि समान्य बदली रही देशका पहाडी भागको एक दुई स्थानमा हल्का वर्षा र हिमाली भागमा हिमपातको सम्भावना रहनुको अलावा शनिबार देशकोे पूर्वी र मध्यभागलगायत पश्चिमी पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।