शनिबार, बैशाख १५, २०८१

काँग्रेसले  पार्टीको केन्द्रीय मुखपत्र नेपाल पुकार’ प्रीन्ट र डिजिटल दुवै माध्यममा प्रकाशन गर्ने

काठमाडौ भाद्र २३,
नेपाली काँग्रेसले पार्टीको केन्द्रीय मुखपत्र ‘नेपाल पुकार’ प्रीन्ट र डिजिटल दुवै माध्यममा प्रकाशन गर्ने भएको छ । काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका विभागीय प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा े भाद्र २० र २१ गते सम्पन्न डिजिटल संवाद सहितको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकले नेपाली काँग्रेसको मौजुदा वेबसाईटलाई समेत अत्याधुनिक रुपान्तरणका साथ सार्वजनिक गर्ने तथा प्रविधि मैत्री अभियान र विभागका अन्य कार्यलाई चुस्त दुरुस्त बनाउन विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको जनाएको छ ।

त्यस्तै प्राप्त जानकारी अनुसार गोवर्धन राना मगरको संयोजकत्वमा वेबसाईट संयोजन उपसमिति, डा. सुरेश आचार्यको संयोजकत्वमा छहारी सम्वाद संयोजन, ई. दिपेश विष्टको संयोजकत्वमा प्रविधि संयोजन, नीर शाहको संयोजकत्वमा टेलिभिजन नेटवर्क सूचना संयोजन, गोपाल झाको संयोजकत्वमा रेडियो नेटवर्क सूचना संयोजन र दिनेश थापा मगरको संयोजकत्वमा नियमित सूचना सम्प्रेषण संयोजन उपसमिति र डा.अन्जनी झाको संयोजकत्वमा ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ गठन गरेको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।