शुक्रबार, बैशाख १४, २०८१

नगर प्रमुख महर्जनलाइ ज्यान मार्ने धम्की दिने शाक्य पक्राउ , पक्राउ परेका १९ मध्ये ६ जनामा कोभिड संक्रमण

काठमाडौं भाद्र २२,

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरेको र सोही क्रममा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिने ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने सञ्जय शाक्यलाइ प्रहरीले पक्राउ गरेको छ । घटनापछि फरार हुँदै आएका उनलाई आफन्तकामा लुकिछिपी बसेको अवस्थामा आइतवार साँझ नक्खुबाट पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रहरीले शाक्य सहित उक्त घटनामा संलग्न १७ जनालाई पक्राउ गरिएको जानकारीदिदै अझै दुई जना फरार रहेकाले खोजी जारी रहेको जनाउदै  पक्राउ परेका उपर निषेधाज्ञाको उल्लङ्घन गरी अभद्र व्यवहार र सङ्क्रामक रोग ऐन २०२० अन्तरगतको मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैपवीच गत विहिवार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको प्रहरी स्थानीयवीच भएको झडपको क्रममा पक्राउ परेका ६ जनामा कोभिड संक्रमण पुष्टि भएके छ ।  बिहीबारको उक्त झडपमा १९ जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका तीन जनालाई प्रहरीले छोडिसकेको छ भने १६ जना प्रहरी हिरासतमा रहेको थाहा भएको छ।  बाँकी रहेका १६ जना मध्ये ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाउद्यै संक्रमण पुष्टि भएका सबैलाई ललितपुर परिसरमै राखिएको प्रहरीले जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।