शुक्रबार, बैशाख १४, २०८१

पाटन अस्पतालमा भक्तपुरका ४० वर्षीय संक्रमित पुरुषको निधन

चितवनका ४१ सहित ४८ जनामा संक्रमण

काठमाडौं भाद्र १७ , बढ्दो कोभिड संक्रमणको जोखिमसंगै ललितपुरस्थित पाटन अस्पतालमा गएराति भक्तपुरका ४० वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको छ । ४ दिनअघि मात्र ती पुरुषकी ६२ वर्षीया आमाको पनि सोही अस्पतालमा संक्रमणकै कारण मृत्यु भएको अस्पतालले जनाएको  छ । त्यस्तै रुपन्देहीमा पनि गएराति ६५ वर्षीया महिलाको मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा उपचाररत ति महिलालाइ मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासको समेत समस्या रहेको थियो ।

यसैवीच भरतपुर अस्पताल कोभिड ल्याव र राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणको क्रममा चितवनका ४१ सहित ४८ जनामा संक्रमण पुष्टि भएको बुझिएको छ । टेकुमा गरिएको परिक्षणमा भरतपुरका १३ जना त्यसैगरी भरतपुर कोभिड ल्यावमा गरिएको परिक्षणमा भरतपुरका २६, रत्ननगरका १ जना र राप्ती नगरपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।