शुक्रबार, बैशाख १४, २०८१

बढ्यो इन्धनको मूल्य

काठमाडौं साउन १७ ,
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको वृद्धि मूल्य अनुरुप पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गर्दै  रु १०४ तोकेको छ भने डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको जनाउ दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।