बिहिबार, बैशाख १३, २०८१

काठमाडौं र भक्तपुरका गरि ६ जना सहित थप ३१५ जनामा कोभिड संक्रमितको पहिचान

काठमाडौं साउन १७,
नेपालमा पछिल्लो २४ घण्टामा छ हजार ९९३ जनाको ‘पीसीआर’ परीक्षण गर्नेक्रममा काठमाडौं र भक्तपुरका गरि ६ जना सहित थप ३१५ जनामा कोभिड १९को संक्रमित को पहिचान भएसंगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

शनिबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज९३ जना संक्रमित उपचार पछि डिस्चार्ज भएसंगै डिस्चार्ज’ हुनेको संख्या १४ हजार ४९२ पुगेको जानकारीदिनुभएकोछ भने संक्रमणका कारण ५६ जनाको मृत्यु भएको बताउनु भएको छ ।

त्यस्तै उहाँले देशभर ११ हजार ५३३ जना ‘क्वारेन्टिन’मा र ५ हजार ३३८ जना ‘आइसोलेसन’मा रहेको जानकाी दिनुको अलावा भोजपुर, संखुवासभा, रसुवा, काभ्रेपलाञ्चोक, मनाङ र मुस्ताङ जिल्ला संक्रमणमुक्त रहेको जानकारी दिनुभएकोछ ।

साथै उहाँले पछिल्लो समय कोभिड संक्रमण फैलिने कुन पनि सभा समाहरो जस्ता धार्मिक कार्यक्रम नर्गन, भिडमाड नर्गन २५ जना भन्दा बढि जम्मा नहुन ,त्यस्तै अत्याआवश्यक काम नपरी घरबाट वाहिर ननिस्कन  आग्रह समेत गर्नुभएको छ ।

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.17

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.17#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Samstag, 1. August 2020

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।