शुक्रबार, बैशाख १४, २०८१

क्यानडा पठाउने प्रलोभन दिदै सर्वसाधारणको २१ लाख ठगी गर्ने थापा सहित ३ जना पक्राउ

काठमाडौ भाद्र ११,
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले क्यानडा पठाउने भन्दै रु २१ लाख ठगी गर्ने सुर्खेतका २९ वर्षीय धु्रब थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई बुधवार धापासीबाट पक्राउ गरेको छ ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाका अनुसार मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्दै आएका नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनी रु २१ लाख ठगी गरेको उजुरी परेसंगै निजहरुलाइ पक्राउ गरिएको जानकारी दिदै पक्राउ परेका अभियुक्तले खड्का मात्र नभइ अन्य धेरै व्यक्तिलाई ठगेको हुनसक्ने भएकै कारण गहन अनुसन्धान शुरु गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।