शनिबार, बैशाख १५, २०८१

विभाग मोलाहिजाको बन्धक बन्दै गर्दा गुणस्तरहिन ह्यान्ड स्यानिटाइजर उत्पादनको बढ्डो चुरिफुरी

स्यानिटाइजरको लागि स्यानिटाइजर उत्पादन कहिले सम्म?

  • को – कसले कस्तो ह्यान्ड स्यानिटाइजर उत्पादन गर्दै ब्रम्हलेट गरे भन्ने सवालमा त्यसको कुनै सूचीगत तथ्याङ्कको कुनै लेखाजोखा छैन

  • सस्थागत आवरणमा गुणस्तरहिन ह्यान्ड स्यानिटाइजर उत्पादन गर्दै जनस्वास्थ्य माथि खेलवाद गर्ने पक्षमाथि पनि खवरदारी गर्नुपर्ने आवाज पनि त्यतिकै तड्कारो रहेको आन्दोलनकारी वृतबाटै आजाव मुखरित हुनु थालको अवस्था छ ।

काठमाडौं असार ३१,  कोभिड १९ -को बढ्दो जोखिम संगै संक्रमण जोखिमबाट बच्न प्रयोग गरिने ह्यान्ड स्यानिटाइजरको माग बढेसंगै बजारमा न्यून गुणस्तरका ह्यान्ड स्यानिटाइजरको विक्री वितरण मात्र नभइ कालाबजारी समेत भएका थुप्रै परिघटना यसवीचमा घटेका सर्व विदित यर्थाथ हो ।

यसै परिपेक्ष्यलाइ दृष्टिगत गर्दै औषधि जगतका नियमक निकाय औषधि व्यवस्था विभागले मिति गत २०७६ चैत २६ मा ह्यान्ड स्यानिटाइजर उत्पादन प्रशोधन र विक्री वितरणको लागि अख्तियार गर्नु पर्ने मापदण्ड सहितको सूचना सार्वजनिक गर्दै यसवीचमा भएको यावत घटना परिघटनालाइ नियन्त्रण गर्ने प्रयास सहित २०७६ चैत २६ जनहितको जानकारीका लागि कस्तो प्रकृतिको ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने भन्ने सवालमा औपचारिक विभागीय सूचना जारी गरेसंगै ह्यान्ड स्यानिटाइजर माथि हुँदै आएको यावत विकृतिको खुलासा मत्र नभइ जनजनले ह्यान्ड स्यानिटाइजरको प्रयोगमा हेक्का राख्न थालेको हो ।  यसअघि को कसले कस्तो ह्यान्ड स्यानिटाइजर उत्पादन गर्दै ब्रम्हलेट गरे भन्ने सवालमा त्यसको कुनै सूचीगत तथ्याङ्कको कुनै लेखाजोखा छैन ।

तथापी विभागको तर्फबाट जारी उक्त सूचनाले तमान जनवृतमा जागरणको सूत्रपात गरेपनि विभाग ठोस नितिगत निर्णय सहित अगाडी बढेनुको अलावा कर्मकाण्डी प्रवृतिमा रुमलिएकै कारण संक्रमणको जोखिमका नाममा आज पनि बजारमा अनेकन गुणस्तहिन मात्र नभइ कोभिड १९-संक्रमण रोक्ने नाममा बनेका यो वा त्यो नामका अनेकन ह्यान्ड स्यानिटाइजरले विभागीय नेतृत्वलाइ खुला चुनौती सहित गिज्याइरहेका छन। तै पनि विभागको यस पक्षमा अझैपनि मौनता साँध्दै आइरहेको अवस्था प्रति जनवृतमा मात्र नभइ विभागीय कर्मचारी वृतमा अनेकन चर्चा परिचर्चा हुन थालेको पाइन्छ ।

यसैवीचमा राज्य जनस्वास्थ्यमथि चिन्तित भएको अवस्था हो भने जनस्वास्थ्यलाइ दृष्टिगत गतै मातहतका नियमक नियकालाइ कडा भन्दा कडा कडा मापदण्ड सहित उत्पादित होस वा आयातीत जे सुकै भएपनि  त्यस्तै फलानोको कम्पनी यो ढिस्कानोका कम्पनीको उत्पादन वा यो यस्को आयात त्यो त्यसको आयात भन्ने मौलाहिजामा नअल्झी सुक्ष्म भन्दा सुक्ष्म नियमन गर्दै ह्यान्ड स्यानिटाइजरको औपचारिक दर्ता सहित गुणस्तर परीक्षणको अभियान सञ्चालन गर्न नसक्दा आज अनेकन वेथितीले प्रशय पायनुको अलावा विभाग मोलाहिजाको बन्धक बनेको जो कोहिले पनि सहजै अनुभूत गर्न सकिन्छ ।

यसै क्रममा पछिल्लो समय मन्त्रिस्तरिय निर्णयले मिति २०७७ असार २२ गते स्यानेटाइजरको दर्ताको लागि थप ३ महिना समयावधि दिने निर्णय राज्य सरकाबाट भइपछि अहिले विभाग परिसरमा दिनुजजसो धर्ना सहित सहितको विभाग घेराउ आन्दोलन शुरु भएको अवस्था छ । नेपाल औषधि उत्पादक संघको व्यानरमा ७बुँदे माग सहित शुरु भएको प्रस्तुत घेराउ आन्दोलनको क्रममा टाँङ्गिएको व्याननरमा मुलत बिना दर्ता र बिना गुणस्तर परिक्षण थप ३ महिना बजारमा स्यानेटाइजर बिकी गर्न दिनु जनताको स्वास्थ्य माथिको खेलवाड सहित नेपाली नेपाली उधोगहरुको प्रबर्दन विरुध्द सरकारको निर्णय लक्षितसंगै औषधिमा आत्मानिर्भरताको प्रसंग, मूल्य समायोजना लगायतका विषयवस्तु सहितका माग उठान गरिएको छ । जुन माग आफैमा सकारात्मक रहेको छ ।

तर कोभिड जोखिमको महामारीका बाँकी मुद्धालाइ तत्काललाइ थाँटी राख्दै यसविषयमा पछि पनि घनिभुत संवाद सहित निष्कर्षको पहिचान गर्न सकिन्छ । अहिलेको आवश्यकता भनेको जनजनको स्वास्थ्य रक्षाका लागि प्रयोग हुने ह्यान्ड स्यानिटाइजर प्रति सवैको अर्जुनदृष्टि सहित ध्यानाकर्षण भएको छ । त्यस्तै उत्पादक  संघ जस्तो गरिमा वोकेको संस्थाले जनस्वास्थ्यको आवाज मुखरित गर्नु नितान्त स्वागत योग्य  र जनपक्षिय कदम सहितको खवरदारीको प्रशसा गर्न कुनै हिच्किचाहत गर्नु आवश्यक छैन र गर्नु पनि हुन्न । साथै सस्थागत आवरणमा गुणस्तरहिन ह्यान्ड स्यानिटाइजर उत्पादन गर्दै जनस्वास्थ्य माथि खेलवाद गर्ने पक्षमाथि पनि खवरदारी गर्नुपर्ने आवाज पनि त्यतिकै तड्कारो रहेको आन्दोलनकारी वृतबाटै आजाव मुखरित हुनु थालको अवस्था छ ।

विभाग परिसरमा जारी धर्ना सहितको आन्दोलनको परिदृष्य पनि यीनै मुलन विषयमा केन्द्रीत रहेका पर्चा पम्पेटबाट समेत प्रष्ट हुन्छ । त्यस्तै कोभिड कै कारण यत्र ,त्रत, सर्वत्र आथिर्क चलायमान थिलथिलिएको अवस्था छ । अर्थचलाए मान हुन नसक्दा क्रयशक्ति न्यून भएको अवस्था शास्वत पक्षहो । यसमा कसैको दुइमत हुन सक्दैन । यस्तो विषम अवस्थामा जनताले आफ्नो न्यून क्रयशक्तिबाट गुणस्तरीय वस्तुको अपेक्षा गर्नु किमार्थ अपराध होइन त्यो जन अधिकार हो भन्दै गर्दा उत्पादक संघको व्यानररमा हुँदै गरेको धर्ना सहितको आन्दोलमा यहाँ उत्पादन भएका भनिएको र कोभिड संक्रमणका फैलिन नदिने कवच मानिएको ह्यान्ड स्यानिटाइजरको उच्च मूल्य र विभागले निर्धारण गरेको गुणस्तर मापदण्ड भन्दा न्यून गुणस्तर सहित उत्पादन भएका ह्यान्ड स्यानिटाइजरको सप्रमाण हामीले खोजको क्रममा फेला पारेको अवस्थालाइ समेत किमार्थ नजर अन्दाज गर्न कदापि सकिदैन ।

 प्राप्त प्रमाणिक आधार अनुरुप पहिले आफ्नो सवल र सक्षम नेतृत्व सहित आफनो घर बनाउनुस अनि टोल छिमेका झैझगडा र यसवीचमा सिर्जित अनेकन समस्या समाधान गर्न सकिन्छ । आज  BiogainRemmdiet pvt.ltd को ५० एमएल को उत्पादन भनिएको ह्यान्ड स्यानिटाइजर होस वा एस आर सतुङ्गलको ५०० एमएलको उत्पादन नै किन नहोस त्यस्तै आरबी ह्यान्डरव गोदावरीको उत्पादन होस वा क्लिन वेलको उत्पादननै किन नहोस वा एमडिएच फार्मास्यूटिकल्सको virok Pure paims को ह्यान्ड स्यानिटाइजर त प्रतिनिधीमुलक उदाहरण मात्र हो । यस्ता थुप्रै प्रमाण रहेका छन । जुन हामी क्रमस प्रकाशित गर्द जाने तयारीमा रहेका छौं । यहाँसम्मकी यदि ह्यान्ड स्यानिटाइजरलाइ औषधिकै रुपमा व्याख्या गर्ने हो भने गुणस्तरहिन हुने वित्तिकै गुणस्तरहिन भएका व्याच तत्काल बजारबाट रिकल हुनु पर्ने हो । तर खै ह्यान्ड स्यानिटाइजर गुणस्तरहिन भन्ने जान्दा जान्दै बुझ्दा बुझ्दै पनि रिकल हुन सकेको अवस्था छैन । गुणस्तर हिन ह्यान्ड स्यानिटाइजरले जन स्वास्थ्यमाथि गर्ने हानी नोक्सानीको नैतिक जिम्मेवारी लिने कसले ? यसै उदाहरणलाइ आधारमान्ने हो भने पनि निर्धारित मापदण्डलाइ अवमूल्यन गर्दै हामी कस्तो ह्यान्ड स्यानिटाइजरको उत्पादन गर्दै आइरहेका छौं । के हाम्रो उत्पादनले जनजनको स्वास्थ्य रक्षा गर्ने सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेका छौ त भन्ने स्वमूल्याङ्कन गर्दै बजारमा विक्री वितरणका लागि प्रत्येक औषधि पसल पसलको शोकेसमा राखिएका ती गुणस्तर हिन ह्यान्ड स्यानिटाइजर उत्पादकले मनन गर्ने कि नर्गने के अझैपनि मेरो गोरुको बाह्रै टक्का भन्दै स्यानिटाइजरको लागि स्यानिटाइजर उत्पादन गर्दै बस्ने भन्ने जनजनको प्रश्नको जवाफ दिने कसले ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।