शुक्रबार, बैशाख १४, २०८१

‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्दद्रनाथको विधिवत रथारोहण सम्पन्न [फोटो फिचर]

ललितपुर साउन १०,
‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको आज विधिवत रथारोहण गरिएको छ ।  मध्यान्ह   १२ बजेर ५२ मिनेटको   शुभ साइतमा मच्छिन्द्रनाथलाइ रथमा रथारोहण गराइएको हो ।

मच्छिन्द्रनाथको रथारोहण अघि तःबाहलबाट भजनकिर्तन मृदङ्ग वाजन सहित पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको हो । कोभिड संक्रमण जोखिमका कारण रोकिएको मच्छिन्द्रनाथको रथारोहण संगै रथयात्राका लागि आजको साइतमा रथारोहण नगराईएका तत्काकालै शुभ साइत नभएको, मच्छिन्द्रनाथलाई नौ महिनामा बुङ्मती फर्काउनु नहुने, असोज २ गतेदेखि मलमास शुरु हुने भएकाले त्यसबेला रथारोहण र रथजात्रा दुवै गर्न नहुने भएकै कारण आजको उत्तम साइतमा रथारोहण गरिएको सम्वद्ध समुदायलेले जानकारी दिएको छ ।

मच्छिन्द्रनाथको रथारोहणको दर्शन गर्न ललितपुरमा उल्लेख्य भक्तजनको उपस्थिती संगै धार्मिक सङ्घसंस्था, ज्यापू समाज, स्थानीय जनता गुठी संस्थान शाखा कार्यालय ललितपुर र ललितपुर महानगरपालिका पदाधिकारीको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।