मङ्लबार, बैशाख ११, २०८१

हुण्डी कारोबारमा संलग्न ढुण्डीराज नगद १९ लाख सहित पक्राउ

काठमाडौं साउन १० ,

काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्‍व छली गर्दै आइरहेको ४० वर्षीय ढुण्डी राज न्यौपानेलाई प्रहरीले नगद १९ लाख ९१ हजार रुपैयाँ सहित शुक्रबार नेपाल प्रहरीका महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ

प्रहरीले काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्‍व छली भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा विशाल बजारमा शंकास्पद रूपमा हिडिरहेको अवस्थामा ढुण्डीराजलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।