शुक्रबार, बैशाख १४, २०८१

मजदूर विरोधी कानुन खारेजीको माग सहित राजधानीमा विरोध प्रदर्शन

काठमाडौं साउन १६ / अरुणा मानन्धर

कोभिड संक्रमण र त्यसले उद्योग, व्यापार, व्यवसायमा प्रभाव पारेको भन्दै पछिल्लो समय देशकै सवल मानिएका कम्पनी, संस्थान तथा कार्यालयले धमाधम मजदूरहरुलाई गैह्र न्यायीक ढंगबाट कामबाट निकालेको भन्दै विभिन्न ६ मजदूर संगठनहरुले आज राजधानीमा विरोध प्रदर्शन गरेकाछन । मजदूर विरोधी कानुन खारेजीको नारासहित क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल [रिफन्ट] लगायतका विभिन्न ६ मजदूर सम्बद्ध संघ, संगठनको संयुक्त आयोजनामा आज राजधानीमा विरोध प्रदर्शन गरेको हो ।  यसअघि माइतिघर मण्डला चोकबाट शुरु भएको उक्त विरोध र्याली नयाँ वानेश्वर चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

प्रदर्शनको क्रममा रोजगारदाता कम्पनी, संस्थान वा मालिकले पछिल्लो समय ‘रोजगार कटौती, तलव सुविधा कटौती, कामबाट निष्काशन, तलव समयमा नदिने, काम गर्ने वातावरण नगराउने’ जस्ता मजदूर हक, अधिकार विरोधी गतिविधि बढाएको भन्दै मजदूर वर्गको समस्याको दिर्घकालिन समाधानको लागि मजदूर विरोधी राज्य व्यवस्थाको विकल्प खोज्नुपर्नेमा जोड दिदै वक्ताहरुले राज्यलाई तत्काल समस्या समाधान गर्न चेतावनी दिएका छन ।

कार्यक्रममा क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल [रिफन्ट] का महासचिव मेघबहादुर खत्री, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष खकेन्द्र प्याकुरेल, नेपाल ट्रेड युनियन फेडेरेशनका अध्यक्ष गंगाराम खड्गी, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेवाङ्ग लगायतले आफ्नो धारणा राखेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।