शुक्रबार, बैशाख १४, २०८१

प्रदेश प्रहरी कार्यालय सिल, कार्यलयमा कार्यरत सबै प्रहरी क्वारेन्टिनमा

काठमाडौं साउन ११,
प्रदेश नम्बर १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत २० जना प्रहरीमा कोभिड संक्रमण भएको छ । प्रदेश प्रहरी कार्यालयमा कार्यरत ५ जनामा कोभिड संक्रमण देखिएसंगै अन्य प्रहरीहरुमा समेत लक्षण देखिन थालेपछि कार्यालयमा बाहिर र भित्र आवत जावत बन्द गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्राप्त जानकारी अनुसार शुक्रबार प्रदेश कार्यालयमा कार्यरत पाँच प्रहरीमा कोरोना पुष्टि भएसँगै १६० जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । त्यसक्रममा २० जनामा कोरोना पुष्टि भएसंगै प्रदेश प्रहरी कार्याल्य सिल गरेर कार्यलयमा कार्यरत सबै प्रहरीलाई क्वारेन्टिनमा राखिएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।