बिहिबार, चैत्र १५, २०८०

कोइराला रिहाइ प्रक्रिया मुद्दा पुनः विचाराधीन, यसअघिको फैसला विरुद्ध सर्वोच्चले दियो पुनरावलोकन आदेश

काठमाडौ साउन ११,
सर्वोच्चका न्यायाधीशत्रय बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतले गरेको फैसला र रिहाइ प्रक्रिया विरुद्ध पुनरावलोक हुने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले प्रस्तुत मुद्धाको विरुद्ध दर्ता गरेको पुनरावलोकन निवेदनको सुनवाइ गर्दै आज सर्वोच्चले यस्तो आदेश दिएको हो ।

पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई गत बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले कोइरालाको बाँकी कैद मिनाह गर्दै जेलमुक्त गरेसंगै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्च अदालतले यस फैसला विरुद्ध पुनरावलोकन निवेदन दर्ता गराएको  हो । त्यस्तै आज न्यायाधीशत्रयबाट फैसला र रिहाइ प्रक्रिया विरुद्ध पुनरावलोक आदेह भएसंगै उक्त मुद्दा पुनः विचारधीन बनेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।