शुक्रबार, बैशाख १४, २०८१

पुष्पलाल स्मृति प्रतिष्ठान भक्तपुर नगर कमिटीको अध्यक्षमा चगुठी

भक्तपुर असार २७/ राम चन्द्र प्रजापति

पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला कमिटी भक्तपुर नगर कमिटी गठन गरिएको छ । प्रतिष्ठान जिल्ला कमिटी भक्तपुरका अध्यक्ष ध्रुवराज विष्टको उपस्थिती सम्पन्न भेलाले रामगोपाल चगुठीको संयोजकत्वमा १५ सदस्य पुष्पलाल  स्मृति प्रतिष्ठान भक्तपुर नगर तदर्थ कमिटी गठन गरेकोहो ।
नगर कमिटीको सह संयोजक,सचिव,सह सचिव र कोषाध्यक्षमा क्रमस डा राजेन्द्र कोजु, राम चन्द्र प्रजापति नरेश दुवालर उज्ज्वल शिल्पकार रहेका छन । त्यस्तै ,सदस्यहरुमा कृष्ण प्रसाद भेले,संजित प्रजापति ,रत्न राई,पुन्यराम घटुव,कमल सुवाल,रत्नहरी प्रधानाङ्ग सुरेन्द्र तुकंबन्जार रहेका छन । बाकी सदस्य पछि थप गर्ने गरि भेलाले निर्णय गरको बुझिएको  छ ।

यसअघि भेलालाइ सम्बोधन गर्दै प्रतिष्ठान जिल्ला कमिटी भक्तपुरका अध्यक्ष ध्रुवराज विष्टले कम्युनिस्ट पार्टी स्थापना हुदा पाँच जनाबाट स्थापना भएको पार्टी अहिले दुईतिहाईको सरकार रहेको बताउदै नीति सिद्धान्त र विचारले पार्टी चल्ने हो भने यो विस्तारित  रुप थप प्रभावकारि हुने बताउनु भयो । साथै उहाँले पुष्पलाल यस संसारमा नरहेपनि उहाँको विचार बांचिरहेको बताए ।

त्यस्तै प्रतिष्ठानका सचिव राजन केसीले पुष्पलाल स्मृति प्रतिष्ठानले विभिन्न रचनात्मक कार्य गर्दै आएको र ४२ औं पुस्पलाल स्मृतिको अवसरमा आउँदो साउन ३ गते शनिबार विहान ७ बजे देखि वंशगोपाल चोक वडा नं ३ भक्तपुरमा रक्तदान १० गते सिपाडोल ८ मा वृक्षारोपन कार्यक्रम गरिने जानकारी दिनुभयो । कार्यक्रममा प्रतिष्ठान जिल्ला सदस्य कविराम वस्नेत,अनेरास्ववियु पुर्व केन्द्रीय सदस्य रविन्सन प्रजापति लगायतले पुष्पलालको बारे चर्चा गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।