शुक्रबार, बैशाख १४, २०८१

नेवानीका ७ चालक दलका सदस्यलाइ कोभिड–१९ सङ्क्रमण

काठमाडौ असार २२ , नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका ७ जना उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको निगमद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको जनाउदै निगमले बाँकी ७ जना क्रु मेम्बरको पुष्टि हुन बाँकी रहेको जनाएको छ ।

त्यस्तै संक्रमण देखिएका व्यक्तिहरुको उपचारसम्बन्धी आवश्यक व्यवस्था निगम व्यवस्थापनले गरिरहेको र थप सतर्कता अपनाई पूर्वनिर्धाििरत उद्धार उडान यथावत सञ्चालन हुने समेत निगमले स्पष्ट गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।