शुक्रबार, बैशाख १४, २०८१

देशभर सामान्य देखि पूर्ण बदली, यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडों साउन ८,
मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागबाट नेपालको दक्षिणतर्फ सरेसंगै बुधबार मध्य क्षेत्रमा कम वर्षा भए पनि गण्डकी र प्रदेश ५ का विभिन्न भेगमा मध्यम वर्षा भएको जनाएको छ ।

त्यस्तै पूर्वी भेगमा न्यून चापीय रेखा नेपाल नजिक नै रहेका कारण आगामी ३ दिन प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । अन्यत्र स्थानमा भने हल्कादेखि मध्यम वर्षाको संभावना औल्याएको छ।

साथै महाशाखाले अबका दिनमा लगातार अविरल वर्षा हुने लक्षण नरहे पनि बाढी आएका खोलामा पौडी खेल्ने, माछा मार्ने, नजिक गएर हेर्ने, पुलमाथि बसेर पहिरोले थिलथिलो बनाएको सडकमा यात्रा गर्ने लगायतका गतिविधि नगर्न सर्वधारणलाइ आग्रह गर्दै लगातारको वर्षाले गलेको माटोमा माथिल्लो भेगमा परेको पानीले आकस्मिक बाढी र पहिरो आउने खतरा कायमै रहेको जनाएको छ ।

साथै कोसी, कर्णाली, महाकाली र यसका सहायक नदीको बहाव कमजोर हुँदै गएपनि सहायक नदीमा आकस्मिक बहाव आउन सक्ने भएका कारण नदी तटीय क्षेत्रका गतिविधि तत्काल सुचारु नगर्न महाशाखाले अपिल गरेको छ । विगत २४ घण्टामा प्राकृतिक विपद्मा परेर छ जनाले ज्यान गुमाएका जनाउदै देशका १० स्थानमा पहिरो, विभिन्न छ स्थानमा अविरल वर्षा भएको जनाइएको छ ।

यस्तो छ महाशाखाले जारी गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान बुलेटिन :

साउन ८ गते (विहीबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राती : देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन 9 गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राती : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन १० गते (शुनिबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ राती : देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।