शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसका ९ भ्रातृ सङ्घको म्याद छ महिनाका लागि थपियो

काठमाडौं साउन १६,

संघीय संसदका प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेस सम्वद्ध ९ भ्रातृ सङ्घको म्याद छ महिनाका लागि थप गरेको छ । काँग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने गरि म्याद समाप्त भएका मितिबाट छ महिनाका लागि क्रमस नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ र नेपाल ठाकुर समाजको म्याद थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी विज्ञप्तिमा  उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।