शुक्रबार, बैशाख १४, २०८१

साउनको दोस्रो साताभित्र एसइइ परीक्षाको अन्तिम मूल्यांकन नतिजा प्रकाशित गरिने [कार्यविधि सहित]

काठमाडौं असार १०, राष्ट्रिय परीक्षा बोर्डले कोभिड संक्रमणका कारण रोकिएको एसइइ परीक्षा र यसवीचमा अवलम्वन गरिएको परीक्षा निति र तय गरिएको कार्यवधि अनुरुप आगामी  साउनको दोस्रो सातासम्म परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ ।

प्रस्तुत कार्यविधिअनुसार सबै विद्यालयले आगामी असार २० गतेसम्म सवै विधालयले विद्यार्थीको अन्तिम मूल्यांकन नतिजा शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र एकाइले यसरी पप्त मूल्यांकन उपर कारवाही गर्दै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थहा भएको छपरीक्षा बोर्डको बैठकले कार्यविधि पारित गरेसंगै परीक्षाफल प्रकाशितको मार्ग प्रशसस्त भएको हो ।

त्यस्तै यसवीचमा प्राप्त थप जानकारी अनुसार कार्यावधिमा विद्यार्थीको परीक्षाको अन्तिम मूल्यांकन गर्न सम्बन्धित विद्यालयको प्रधानाध्यापक अध्यक्ष रहनेगरी ३ सदस्यीय समिति गठन गर्ने व्यवस्था संगै पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णांक अन्तरगत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने व्यवस्था उल्लेख गरिएको छ । विसं २०७६ सालको एसइई परीक्षामा करिब पाँच लाख विद्यार्थीले आवेदन भरेका थिए ।

यस्तो छ कार्यविधि

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।