बुधबार, बैशाख १२, २०८१

सामाजिक संजाल प्रयोग गरी करोडौं रकम ठग्ने सात अभियुक्त पक्राउ

काठमाडौं असार १०, सामाजीक सञ्जालको भाइबर, ह्वाट्स एप, ईमो आदि सामाजिक संजालको प्रयोग गर्दै करोडौं रकम ठगी गरेको अभियोगमा नेपाल प्रहरी ७ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका २१ कोहिटी बस्ने पुकार बर्मा, काठमाडौं टेकु बस्ने काभ्रे घर भएका २२ वर्षीय नविन भण्डारी, काठमाडौं टंकेश्वर बस्ने भारत घर भएका २२ वर्षीय एमडी सर्फराज, काठमाडौं छाउनी बस्ने रौतहट गौर नगरपालिका घर भएका १९ वर्षीय आकाश अग्रवाल, काठमाडौं छाउनी बस्ने रौतहटका १८ वर्षीय एक किशोर, पर्सा वीरगंज महानगरपालिका २९ घर भएका ३० वर्षीय कृष्ण प्रसाद साह र सोही महानगरपालिकाको वडा ३२ बस्ने २० वर्षीय सुनिल साह रहेको बुझिएको छ ।

त्यस्तै सामाजिक संजालको दुरूपयोग गरी अनलाईनको माध्यमबाट ४० लाख रुपैयाँ लट्री परेको छ भनि प्रलोभन पारी करोडौं रकम ठगी गर्ने कार्यमा संलग्न रहेको जनाएको छ । साथै उनीहरुले नेपाल सरकारका उच्च पदस्त अधिकृत लगायत सर्वसाधारण व्यक्तिहरूबाट रकम ठगी गरेको, पीडित व्यक्ति आफू ठगिएको थाहा पाए पश्चात मानसिक रूपमा विच्छिप्त हुने गरेको, पीडित व्यक्तिले लट्री प्राप्त गर्ने आशामा आफ्नो घर जग्गा समेत धितो राखि घरबार विहिन भएको, ठगी गर्ने कार्यमा भारतीय गिरोह समेतको संलग्नता रहेको र करोड भन्दा बढि रकम लिईसकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।