शुक्रबार, बैशाख १४, २०८१

मुलुकको ७१ जिल्लामा कोभिड संक्रमणको प्रभाव , संक्रमितको संख्या ३ हजार ४ सय ४८

काठमाडौ जेठ २५,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको मिडया ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मुलुकको ७७ जिल्ला मध्ये ७१ जिल्लामा कोभिड संक्रमणको प्रभाव फैलिएको बताउदै  पछिल्लो २४ घण्टामा आज पुष्टि भएका संक्रमितमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला गरि थप २ सय १३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको जानकारीदिनु भएको छ । मन्त्रालयको यो पुष्टि संगै कुल संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

तयस्तै प्रवक्ता देवकोटाले १ सय जना पुरुष र २ जना महिला गरि १ सय २ जना संक्रमित निको भएर डिस्चार्ज भएसंगै अहिलेसम्म कुल ४ सय ६७ जना संक्रमित उपचारपछि निको भएको जानकारी दिनु भएको छ ।

यसरी पचारपछि डिस्चार्जहुनेहरुमा प्रदेश १ मा ९१ जना, प्रदेश २ मा १ सय ८६ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १ सय ३३ जना, कर्णाली प्रदेशमा ९ जना र सुदूरपश्चिम प्रदेशमा १३ जना रहेको पनि उहाँले जानकारीदिनु भएको छ ।

पछिल्लो डेटा अनुसार कुल ९६ हजार २ सय ५ पीसीआर र १ लाख ४५ हजार ४९ आरडिटी परीक्षण भएको बताउदै प्रवक्ता देवकोटालेदेशभर १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टाइनमा र २ हजार ९ सय ६८ जना संक्रमितहरु अइसोलेसनमा रहेको बताउनुभएकोछ ।  जसमध्ये प्रदेश १ मा १ सय ६८ जना, प्रदेश २ मा ९ सय ७४ जना, बागमती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा १ सय ८ जना, प्रदेश ५ मा ९ सय ४४ जना, कर्णाली प्रदेशमा ६ सय २१ जना र सुदूरपश्चिम प्रदेशमा ९६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।