शनिबार, बैशाख १५, २०८१

संस्थागत सामाजीक उत्तरदायित्व प्रति जिम्मेवार बन्दै पिडान

काठमाडौं बैशाख ३० ,    विश्वव्यापी कोभिड- १९को बढ्दो जोखिका वीच सेवाग्राहीको तापक्रम मापन गर्न सहज होस भन्ने लक्ष्य अनुरुप  आन्तरिक राजश्व कार्यालय ठमेलालाइ नेपाल औषधि थोक व्यवसायी संघ केन्द्रीय समितिले आज थर्मलगन सहयोग हस्तान्तरण गरेको छ ।

कोभिड संक्रमणको एक प्रमुख लक्षण् उच्च तापक्रम अर्थात ज्वरो मापन गर्ने थर्मलगन संघका केन्द्रीय सदस्य समेत रहेका बीबीआर सर्जिकलका प्रोपाइटर भगवान राएके सहयोमाग संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले संघको सामाजीक दायित्व अन्र्तगत अनौपचारिक कार्यक्रमकावीच आराकाका प्रमुख मोहन सिंह बस्नेतलाइ हस्तान्तरण गर्नु भएको हो ।

त्यसअवसरमा कार्यालय प्रमुख बस्नेतले संघको तर्फबाट प्राप्त  सहयोगको लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यसैवीच संघका केन्द्रीय सल्लाहकार राजेश श्रेष्ठले पनि आजै कामपा वडा न १२ स्थित टेकु पचलीघातस्थित वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाइ खाद्ययान्न सहयोग गर्नु भएको छ । 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।