शुक्रबार, बैशाख १४, २०८१

विराटनगरको कोरोना विशेष उपचार केन्द्रबाट आज ८ जना कोरोना संक्रमित डिस्चार्ज हुँदै

काठमाडौ बैशाख २६ , कोभिड- १९ संक्रमणको उपचारपछि विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रमा उपचार गराइरहेका २५ जना संक्रमितहरुमध्ये ८ जना विरामी आज डिस्चार्ज हुने भएका छन् ।

लगातार ३ पटक गरिएको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएसंगै उनीहरुलाइ डिस्चार्ज गर्न लागिएको हो सम्वद्ध अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेमा १ जना भारतीय नागरिक ,विराटनगरका २ जना र उदयपुरको भुल्केका ५ जना विरामी रहेको बताईएको छ ।

बैशाख ८, ९ र १० गते संक्रमण पाईएपछि उपचारका लागि कोरोना विशेष उपचार केन्द्रमा ल्याइएको थियो । कोशी अस्पतालमा भोजपुरको हतुवागढीको १ र झापाको बाह्रदशी र दमकको २ जना गरी अहिले कूल २५ जना उपचार गराइरहेका छन् । प्रदेश १ मा फेला परेका ३१ जनामध्ये अब १७ जना मात्रै कोशी अस्पतालमा उपचार हसन बाँी र उनिहरुको अवस्था पनि सामान्य रहेको बताईएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।