शुक्रबार, चैत्र १६, २०८०

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं वैशाख २६,  काठमाडौं महानगरपालिका १४ सोल्टी मोडमा बा.२१ च ४३४७ नम्बरको कार र बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल शुक्रवार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ वेलबारी कानेपोखरी घर भएका २३ वर्षीय टिकाराज गेलालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गेलालको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।