शुक्रबार, बैशाख १४, २०८१

ट्राफिक आइल्यान्डको व्यवस्थापनका लागि महानगर प्रभु बैंकवीच ५ वर्षे सम्झौता

काठमाडौं चैत ५ , रत्नपार्क, जमल र तीनधारा पाठशाला अघिल्तिर गरी तीन स्थानका ट्राफिक आइल्यान्डको व्यवस्थापन प्रभु बैंकले गर्ने भएको छ । सो सम्बन्धमा मङ्गलबार महानगरपालिका र प्रभु बैंकवीच ५ वर्षे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । महानगर प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितीमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

त्यस्तै हस्ताक्षर कार्यक्रमान वनेल्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले ठाउँ लिने, आफ्नो प्रचार गर्ने तर सौन्दर्य अभिवृद्धिमा ध्यान नदिने हो भने आपसी सम्बन्ध लामो समय टिक्न नसक्ने चेतावनी दिदै दिगोरूपमा काम गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले महानगरले स्वीकृत गरेको ढाँचामा मौसम सुहाउँदा फूल, ठाउँ सुहाउँदा बिरुवा र आकर्षक फोहोरा निर्माण गर्ने जानकारी दिदै सम्झौताबमोजिम बैंकले कामपा वडा २८ मा पर्ने रत्नपार्क, वडा २७ मा पर्ने जमलको आकाशे पुलमुनि र वडा १ मा पर्ने तीनधारा संस्कृत पाठशाला अघिको ट्राफिक आइल्यान्डमा बगैँचा सहितको हरियाली र आधुनिक पानीको फोहोरा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।