बिहिबार, बैशाख २७, २०८१

कोभिड–१९’ संक्रमण रोक्न महानगरको आकस्मिक १० करोडको कोष

काठमाडौ चैत ६ , काठमाडौ महानगरपालिकाले रु १० करोडको ‘आकस्मिक कोष’ स्थापना गर्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको ‘कोभिड–१९’ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि आज बसेको महानगरपालिकाको विशेष कार्यपालिका बैठकले आकस्मिक कोष’ स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकपछि महानगरले आयोजना गरेको पत्रकार सम्मेलनमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले स्थापना गरिएको कोषबाट भाइरस रोकथाम तथा नियन्त्रणका लागि तत्काललाई साना, मझौला र ठूला वडाहरुलाई क्रमश रु। २ लाख, रु।३ लाख र रु।४ लाख रुपैयाँका दरले निकासा पठाइने जानारी समेत दिनु भएको छ ।

त्यस्तै पत्रकार सम्म्ेलनमा महानगरले कोरना भाइरस रोकथाम तथा नियन्त्रण एवं डेङ्गु रोग नियन्त्रणका लागि नेपाली तथा नेपाल भाषामा पर्चा, पम्पेल्ट, ब्यानरजस्ता प्रचार सामग्री निर्माण एवं वितरण गर्नुको अलावा स्वास्थ्य सामग्री, प्रचार सामग्रीसहितको हेल्प डेक्स स्थापना तथा सञ्चालन गरिने जानारी दिदै महानगर प्रमुख शाक्यले महागरपालिकास्थित मठ, मन्दिर, मस्जिद, गुम्बाजस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भीडभाड नगर्न सर्वसाधारणलाई अनुरोध समेत गरेका छन ।
त्यस्तै कोभिड   १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्ने, उपप्रमुखको संयोजकत्वमा गठित अनुगमन समितिलाई कालोवजारी नियन्त्रणका क्रियाशील बनाउने निर्णयसंगै हेल्पडेक्स स्थापना लगत्तै मास्क र स्यानिटाइजर निःशुल्क बितरण गरिने पत्रकार सम्ममेलनमा जानकारी दिईएको छ । साथै महानगरमा धुमधाम मनाइने पाहाँचह्रे, सेतो मच्छिन्द्रनाथको रथयात्रा, घोडेजात्राजस्ता भीडभाड हुने पर्वहरुमा फैलिन सक्ने संक्रमण नियन्त्रणका लागि गर्न यसपटक त्यसते कुनै पनि जात्रा पर्व नमनाउँन सरोकारवाला संंग छलफल गरिने जानकारी महानगर प्रमुख शाक्यले दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।