शनिबार, बैशाख १५, २०८१

अमेरिकाको न्यूयोर्कमा कोभिड -१९ को संक्रमण बुलेट ट्रेन भन्दा तीव्र गतिमा फैलिदै

 WHO ले -भन्यो अमेरिका कोरोनाभाइरस प्रकोपको अर्को केन्द्रविन्दु बन्ने सम्भावना

समाचार एजेन्सी चैत १२ , पछिल्लो समय अमेरिकाको न्यूयोर्क राज्यमा कोरना भाइरस सङ्क्रमणको फैलावट सोच भन्दा उच्चदर अर्थात बुलेट ट्रेन भन्दा तीव्र गतिमा फैलिन थालेपछि त्यहाँका गभर्नर एन्ड्र्यु कोमोले कोरना भाइरस ’ संक्रमणको रोकथामका लागि आवश्यक औषधोपचार सामग्रीको आपूर्तिका लागि अपिल गरेका छन् ।

मंगलवार पत्रकारसँग कुरा गर्दै कोरोना संक्रमण रोक्नका लागि संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको गुनासो गर्दै न्यूयोर्क राज्यका लागि ३० हजार भेन्टिलेटर माग गरिएकोमा संघीय सरकारले चार सय भेन्टिलेटर पठाएको भन्दै सरकारेका आलोचना समेत गरेको समाचार एजेन्सीहरुले जनाएक छन । त्यस्तै गभर्नर कोमोले न्यूयोर्कमा हालसम्म २५ हजारलाई सङ्क्रमण भएको छ । कम्तीमा २ सय १० जनाको मृत्य भइसकेको जानकारी दिदै न्यूयोर्क शहरबाट बाहिरिएका प्रत्येक मानिसलाई अमेरिकाले आगामी दुई सातासम्म स्वयं अलग्गिएर ’सेल्फ क्वारेन्टाइन’मा बस्न निर्देशन दिईएको बताए।

यसैवीच अमेरिकाभरि कोरोनाभाइरस सङ्क्रमण नयाँ पत्ता लागेका मध्ये दुई तिहाइ न्यूयोर्कका छन् । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले पनि अमेरिका कोरोनाभाइरस प्रकोपको अर्को केन्द्रविन्दु बन्ने सम्भावना रहेको बताएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।