भक्तपुर माघ २७/ राम चन्द्र प्रजापति , सूर्यविनायक नगरपालिकाको तर्फबाट सम्पादन भएक कार्यको समीक्षात्मक जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख बासुदेव थापाले नेपालको संविधान र विद्यमान संघीय शासन प्रणालीमा तहगत सरकारको रुपमा सूर्यविनायक नगरपालिका २०७४ साल जेष्ठ १० गते शुक्रवारका दिन कार्यभार ग्रहण गरी निर्वाचित स्थानीय सरकारको रुपमा कार्य थालनी गरेको आज ठीक २ वर्ष ७ महिना पुरा भएको जानकारी दिनु भएको छ ।
त्यस्तै उहाँले संघीय संचनामा मध्ये स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो । यही सैद्धान्तिक पृष्ठ धरातलमा रहेर २ वर्ष ७ महिनाको अवधिमा पुर्याएको सेवा सुविधा र विकास निर्माणको कार्यप्रति समिक्षात्मक प्रतिवेदनको निर्वाचित जनप्रतिनिधिहरूले गौरवको अनुभूति गरेको बताउँदै समिक्षत्मक प्रतिवेदनमा मलत “कृषि, शिक्षा, पर्यटन र पूर्वाधार ः सूर्यविनायक समृद्विको मूल आधार” लाई मूर्तरुप दिन सम्पूर्ण निर्वाचित पदाधिकारीले एक मत भई सङ्कल्प गरे अनुरुपको कार्य सम्पादन भएके जानकारी दिनु भएको छ ।
त्यस्तै सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७५।७६ को तुलनामा आर्थिक वर्ष २०७६।७७ का लागि रु १ अर्व ३० करोडको बजेट स्वीकृत गरेको छ । तुलनात्मक रुपमा बजेटको आकार र क्षेत्रमा बृद्वि हुँदा श्रोत परिचालन र कार्यान्वयन चुनौतिपूर्ण हुने हो की रु भन्ने चिन्ता एक तर्फ थियो भने अर्को तर्फ बढ्दो जनताको माग र आश्यकता पूर्ति गर्नु पर्ने दवाव जनप्रतिनिधि माथि रहेको अवस्थामा समेत उचित सन्तुलन र समन्वय कायम गर्दै लक्ष्य प्राप्ति तर्फ उन्मुख भएको हालसम्मका तथ्याङ्कवाट पुष्टी हुन आएको जानकारी दिनुभएको छ ।
साथै आर्थिक वर्ष २०७६।७७ का लागि रु १ अर्व ३० करोडको बजेटमा २०७६ साल पौष मसान्तसम्म सम्म रु ८२ करोड ९५ लाख ५८ हजार ९९४ प्राप्त आयको प्रथम छ महिनाको आय विवरण विश्लेषण गर्दा आन्तरिक आयको हिस्सा ६६ प्रतिशत र वाह्य आयको हिस्सा ३४ प्रतिशत रहेको जानकारी दिदै वाँकी ६ महिनाको अवधिमा लक्ष्यको तुलनामा थप ३६ दशमलव १९ प्रतिशत अर्थात रु ४७ करोड ०४ लाख १० हजार ०५८ आय प्राप्त गर्नु पर्ने हुन्छ।२०७६ साल पौष १५ गतेसम्म चालु र पूँजीगत खर्चका लागि मूल सञ्चित कोषबाट चालु खातामा रु १८ करोड ५७ लाख ५२ हजार र पूँजीगत खातामा रु १५ करोड गरी जम्मा रु ३३ करोड ५७ लाख ५२ हजार रकम सारिएको छ । यसरी हेर्दा मूल सञ्चित कोषमा २०७६ पौष मसान्तसम्मको तथ्यांक अनुसार रु ४९ करोड ३८ लाख ३७ हजार ९४१ र पैसा ६० सञ्चित रहेको छ ।खर्च तर्फको तथ्यांक विश्लेषण गर्दा पूँजीगत खर्च रु १२ करोड ८५ लाख ९४ हजार ५७८ रहेको पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान