शुक्रबार, बैशाख १४, २०८१

सामाजिक सुरक्षाको योजना आकर्षक : वक्ताहरु

काठमाडौं माघ १,  सरकारले केही समयअघि मात्र सामाजिक सुरक्षा योजना ल्याएको छ । यसबीच केही निजी व्यावसायिक प्रतिष्ठानहरुबाट सुरक्षा योजनाका विषयमा केही विरोधहरु समेत आइरहेको सन्दर्भमा सञ्चारकेन्द्र नेपालले “सामाजिक सुरक्षा कोष ः भ्रम र वास्तविकता” विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सामाजिक सुरक्षासम्बन्धी करको विषयमा, धेरै तलब खाने कर्मचारीहरुको बीचमा केही अप्ठ्याराहरु रहेका भएपनि सामाजिक सुरक्षा योजना आकर्षक योजना भएको बताउँदै राष्ट्रियसभाका सदस्य राम नारायण विडारीले सामाजिक सुरक्षा ऐन संविधानको पालना भएको भएपनि केही व्यक्तिहरुले यसलाई असफल पार्न प्रयत्नशील रहेको बताउनुभयो ।  साथै उहाँले अस्थायी र ज्यालादारी कर्मचारीहरु समेत सामाजिक सुरक्षा योजनाको हकदार भईरहने कानुनमै स्पष्ट भएको दाबी गर्नुभयो ।

त्यस्तै कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले पछिल्लो समय बजारमा सामाजिक सुरक्षासम्बन्धी हल्लाहरु फैल्याइएकोमा आपत्ति जनाउँदै यथार्थतमा गएर आफूँहरुको आलोचना गर्न सुझाव दिदै उहाँले सामाजिक सुरक्षा कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी चार योजनामा केन्द्रीत वटा स्किममा आधापरित रहेको बताउनुभयो ।

कार्यक्रममा बैंकर संघका सिइओ अनिल शर्माले सामाजिक सुरक्षा कोष आफूँहरुको आपत्ति नभएको भन्दै सामाजिक सुरक्षा योजना अन्र्तगत केही कन्फ्युजन रहेको बताउँदै निजी क्षेत्रको कर्मचारी र निजामति क्षेत्रका कर्मचारीबीच विभेद भएको कर्मचारी तहबाट गुनासो आएकाले सामाजिक सुरक्षा कोषलाई यस विषयमा जानकारी गराईसकेकाले कोषले छिट्टै यससम्बन्धमा निष्कर्ष निकाल्नेमा आफुँ आशावादी रहेको बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द प्रसाद चौलागाईंले पछिल्लो समय सरकारले ल्याएको सामाजिक सुरक्षासम्बन्धी योजनाहरु समग्र श्रमिकहरुको हक हितमा भएकाले यसलाई प्रभावकारी ढँगले कार्यन्वयन गर्न सबै पक्षले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी कार्यक्रममा टेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्र कार्की, वरिष्ठ अधिवक्ता रमेश वडाल, सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मीलगायतका वक्ताहरुले आफ्नो सान्र्दभिक भनाई राख्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।