शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पुरा: आयोग

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८, स्थानीय तहको मतभार १८

काठमाडौ माघ ८, राष्ट्रियसभा सदस्यका लागि विहिवार हुने निर्वाचन प्रयोजनका लागि मुलुकका सातै प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउँनु भएको छ ।

आयोगले आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा गरेको नेकपाका ९, नेपाली काँग्रेसका ७, राजपाका र्२ र समाजवादी पार्टीका १ गरि सदस्यको रिक्त पद समेत गरि राष्ट्रियसभाका १८ पदका लागि विहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत तयार गरिसकेको  जानकारी दिनु भएको हो ।

त्यस्तै उहाँले विहिवार हुने निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६ मतदाताले मतदान गर्ने र निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको जानकारी सहित निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त तुल्याइएको जानकरी दिनु भएकोे छ ।

त्यस्तै प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङको मसीको निर्वाचन चिह्न तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न सेतो कागजमा रातो रङको मसीको निर्वाचन चिह्न तयार गरिएको आयोगले जनाएको छ ।  साथै मतदानपछि आवश्यक व्यवस्था मिलाई मतगणना गर्न र नतिजा सार्वजनिक गर्न पनि निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिइसकेको जनाउँदै निर्वाचन व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न/गराउने कार्यमा सहयोग पु-याउन मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारीलगायत सर्वसाधारण नागरिकसँग आयोगले आग्रह समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।