बुधबार, बैशाख १२, २०८१

दुर्घटना न्यूनिकरणका लागि मापसे गर्ने चालकलाई जरिवानाको साटो हिरासतको कारवाही

काठमाडौं माघ ९, अव उपरान्त मापसे गरि सवारी चलाउने चालकलाइ हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा बढ्दो सडक दुर्घटना रोक्नका लागि यसकिसिमको निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार पछिल्लो समय जिल्लामा साना तथा ठूला सवारी दुर्घटनाका कारण अनाहकमा यात्रुको निधन हुने क्रम बढेसंगै र अधिकास दुर्घटनामा चालकले मापसे गरेको पाएपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, यातायात व्यवसायी, नागरिक समाज सहितको सर्वपक्षीय बैठकमार्फत प्रस्तुत निर्णय कार्यान्वयन गर्दै सवारी चालकले मादक पदार्थ सेवन गरेको पाइएमा सवारी चालकलाई अबदेखि जरिवाना होइन, हिरासतमा राखेर कारवाही गर्ने सहमति गरिएको जनाईएको छ ।

त्यस्तै बैठकले सिटसख्या भन्दा बढी यात्रु चढाउने तथा मालबहाक सवारीले यात्रु चढाउने गरेमा समेत कारवाही गर्ने सहमति कायम भएको जानकारी सहित बीमा नभएका सवारी सञ्चालनमा समेत रोक लगाएको बसझिएको छ । साथै नियमको क्रममा ट्राफिक प्रहरीले टाइमकार्ड व्यवस्था गर्ने, मापसे परीक्षण गर्ने, रातिका लागि विशेष साङ्केतिक बोर्डहरुको व्यवस्थापन गर्ने, यात्रु सङ्ख्याभन्दा बढी यात्रु राखेमा कारवाही गर्ने निर्णय भएको समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।