शुक्रबार, बैशाख १४, २०८१

सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न प्रम ओलीको कडा निर्देशन

प्रम ओलीले भने- अव दूर्घटना र मानवीय क्षतिको समाचार सुन्न नपरोस

काठमाडौं मंसिर ३०, पछिल्लो समय श्रृखलावद्धरुपमा हुँदै आएको सडक दुर्घटना र मानवीय क्षतिप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री केपी ओलीले गृह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र मन्त्रालयका पदाधिकारीहरुलाई बोलाई सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न कडा निर्देशन दिएका छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृह मन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ र प्रहरी प्रमुखलगायत सम्वद्ध सरोकारवाला निकायका अधिकारी प्रधानमन्त्री ओलीले कडा निर्देशन दिदै निहुँ जस्तो हुने गरेको सडक दूर्घटनामा मानवीय क्षतिका कारण आफूलाई निद्रा लाग्न छोडेको बताउँनु भएको छ । साथै उहाँले अवको दिनमा दुर्घटना र मानविय क्षतिको समाचार सुन्न नपरोस भन्दै यसका लागि आवश्यक पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिएको हो ।

साथै उहाँले आएतवार सिन्धुपाल्चोकमा भस्को दुर्घटनाको खबरले आफु निक्कै दुखी भएको यसकिसिमको दूर्घटनालाइ तत्काल रोक्नुपर्ने उहाँको भनाए रहेको थियो ।प्रम ओलीको निर्देशनसंगै सम्वद्ध तथा सरोकारवाला निकायका अधिकारीले दुर्घटना रोक्नकालागि आ–आफ्नो विभागबाट भएका प्रयासबारे जानकारी गराएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।