शुक्रबार, बैशाख १४, २०८१

धरान उपमहानगरपालिकामा कांग्रेसका उम्मेदवार राई निर्वाचित

काठमाडौ मंसिर १६ , शनिवार सम्पन्न उपनिर्वाचन अन्र्तगत धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले २६ हजार ७०९ मत प्राप्त गरी विजयी भएका छन् ।  त्यस्तै सत्तारुढदलका उम्मेदवार एवम निकटतम प्रतिद्वन्द्धी प्रकाश राईले २३ हजार ९१४ मत प्राप्त गरेको बुझिएको छ ।

स्मरण रहोस विगत देखिनै धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमाले हाल नेकपाको वचश्र्व रहदै आएको थियो । तर यसपटक काँग्रेसले त्यो वचश्र्व तोडेको अवस्था रहेको छ । यसअघि २०७४ को निर्वाचनमा धरान उपमहानरपालिकाबाट एमालेका तारा सुब्बा चार हजार मतान्तरले विजयी भएका थिए । त्यतिबेला कांग्रेसका उम्मेदवार तिलक राई पराजित भएका थिए ।

बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा भएको उपनिर्वाचनमा बामगठबन्धनका उम्मेदवार विजयी :  यसैवीच प्रदेशसभा सदस्यका लागि बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा भएको उपनिर्वाचनमा बामगठबन्धनका उम्मेदवार विजयी भएका छन । सत्तारुढ नेकपाका समर्थनमा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २०९७ मत अन्तरले पराजित भएको हो ।  शाहीले ११२३५ मत प्राप्त गर्दैगर्दा   शेरचनले ९१३८ मत प्राप्त गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।