बुधबार, बैशाख २६, २०८१

तेस्रो इच्छादिन आलेख अनुमोदनका लागि पहलकदमी लिने अध्यक्ष तिमिल्सिनाको प्रतिवद्धता

काठमाडौं पुस १ , राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तेस्रो इच्छादिन आलेख बालबालिकाको न्यायकालागि महत्वपुर्ण भएकाले यसको छिटो अनुमोदनकालागि आफुले सम्बद्ध निकायसँग थप छलफल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।  बाल अधिकार आन्दोलन ३ दशक पुगेको अवसरमा सम्वद्ध तथा सरोकार वालाहरुले राजधानीमा नितिगत बृहत भेलालाइ सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले प्रस्तुत प्रतिवद्धता जनाउदै सरकार यो बिषयमा गम्भीर रहेको बताउनुभएको हो ।

त्यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिनिधि सहितको प्रस्तुत भेलामा र्फत बालअधिकारको रक्षा र यसको प्रवद्र्धनका लागि महत्त्वपूर्ण निष्कर्षको पहिचान गर्दै सहभागीले  बालअधिकार सम्बन्धि महासन्धिको सञ्चार प्रक्रिया सम्बन्धि तेस्रो इच्छाधिन आलेख माथिको छलफलमा अन्तराष्ट्रिय कानुन अनुमोदन पश्चात ध्यान दिनुपर्ने कुरा र यस्ता कानुनले दिने सहजता लगाएतका विभिन्न पक्षमा विश्लेषण गरेका थिए ।

त्यस्तै भेलाले नेपालमा बालबालिकाको न्यायकालागि मौजुदा कानुन राम्रै भएपनि कार्यान्वयन पक्ष फितलो रहेको निष्कर्ष  सहित  तेस्रो इच्छाधिन आलेखले बालबालिकाको न्यायका क्षेत्रमा राम्रो भुमिका खेल्ने जनाउँदै यसको अनुमोदनकालागि आवश्यक गृहकार्य तिव्र बनाउनुपर्नेमा जोड दिइएको थियो ।

साथै राष्ट्रसंघीय बालअधिकार समितिका सदस्य श्री मिकिको ओतानी समेत उपस्थित रहेको भेलामा इच्छाधिन आलेखले बालबालिकाको अधिकार हनन् हुँदा त्यसको राज्यले यथोचित समाधान गर्न असफल भए पिडित बालबालिकालाई आफ्नो उजुरी राष्ट्र संघको समितिमा पेश गर्न सक्षम बनाउने क्षमता राख्ने र यस आलेखलाई सन् २०११ मा संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्रहरूबाट अनुमोदनकोलागि प्रस्तुत गरेको जानकारी दिईएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30