बिहिबार, बैशाख १३, २०८१

लाइसेन्सको ट्रायल दिदै गर्दाको अवस्थामा नक्कली परीक्षार्थीद्दय पक्राउ

काठमाडौं पुस २, ट्राफिक प्रहरी महाशाखाको टोलीले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षमा सहभागी भएका नक्कली परीक्षर्थीद्दयलाइ परीक्षा दिदै गर्दाको अवस्थामा पक्राउ गरेको छ ।

महाशाखा बाट पप्त जानकारी अनुसार यसरी पक्राउ पर्ने नक्कली परीार्थीद्दयमा काठमाडौको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेईकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट कालिकोटको खाडाचक्र घर भइ चावहिल बस्ने वीरेन्द्र मल्ल रहेको थाहा भएको छ ।

त्यस्तै पक्राउ परेका अभियुक्तबाट यातायात व्यवस्था कार्यालयबाट ट्रायल परीक्षाको लागि जारी गरिने समग्री र २ थान ल्यापटप, १थान प्रिन्टर र जिल्ला प्रसासन कार्यालय लेखिएको नेपाली नागरिकताको नक्कली कार्ड ११ थान समेत बरामद भएको समेत बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।