शनिबार, बैशाख १५, २०८१

कास्कीमा नेकपाकी भट्टराई ८ हजार मतान्तरले विजयी

काठमाडौ मंसिर १५ , प्रतिनिधिसभा सदस्यको लागि शनिवार भएको उपनिर्वाचनमा कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा सत्तारुढदल नेकपाका विद्या भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई ८ हजार ४०३ मतान्तरले पराजित गरी विजयी भएकी छिन ।

भट्टराईले २४ हजार ३९४ मत प्राप्त गरी विजयी घोषित हुँदै गर्दा काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गर्नुभएको थियो । कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५७९ जनाले मतदान गरेका थिए । निर्वाचित भट्टराई दिवङ्गत तत्कालीन पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको अधिकारीको धर्मपत्नी हुनुहुन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।