शनिबार, बैशाख १५, २०८१

शनिवार औषधि थोक व्यवसायी लक्षित कर प्रशिक्षण सहितको अन्र्तक्रिया हुँदै

काठमाडौं मंसिर ६, आठौँ राष्ट्रिय कर दिवसको अवसरमा नेपाल औषधि थोक व्यवसायी संघले शनिवार औषधिको थोक व्यवसायीवृत लक्षित कर प्रशिक्षण सहितको अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आयोजक संस्था औषधि  थोक व्यवसायी संघका केन्द्रीय महासचिव गणेश नेपालका अनुसार प्रस्तुत प्रशिक्षण कार्यक्रम मार्फत औषधि व्यवसायीले झेल्दै आएको ब्रेकेज एक्सपाएरी लगायतका यावत समस्याका कारण आर्थिक वर्षको शुरु र अन्त्य लगत्तै राज्य मातहतका कर कार्यालयमा व्यवसायको हर हिसाव दाखिला गर्न नसक्दा अनेकन जरिवाना जस्ता उल्झनमा पर्ने गरेको बताउँदै यी र यस्ता समस्या केन्द्रीत हुँदै सारेकारवाला निकायसंग सहकार्य सहित विद्यमान यावत समस्याको सम्बोधनको प्रयास हुने जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले राज्यको पछिल्लो परिवर्तित कर निति व्यवसायीवृतका लागि आतंक भन्दा पनि समयानुकल बनाउँदै मैत्रीपूर्ण वातावरणमा सहकार्यका लागि संघले कर कार्यालयको समन्वयमा प्रस्तुत कार्यक्रमको आयोजना गर्ने योजना बनाएको बताउँदै कामपा वडा न १७ स्थित गोकर्ण हाउस् पकनाजोलमा आयोजना हुने प्रशिक्षणात्मक अन्र्तक्रियामा   सम्पूर्ण व्यवसायीवृतलाइ  सहभागी हुँन आव्हान समेत गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।