शुक्रबार, बैशाख १४, २०८१

नेपाली भूभाग अतिक्रमण विरुद्धको प्रदर्शन,पूर्व उपाध्यक्ष ऋषिकेश सहित दर्जन भन्दा बढि विधार्थी घाइते

काठमाडौं मंसिर १ , दुइ ठूला छिमेकी मुलक भारत र चीनले प्रत्यक्ष र परोक्षरुपमा नेपाली भूभागमाथि गर्दै आएको अतिक्रमण विरुद्ध संघीय संसदका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघले आज राजधानीको माइतीघर मण्डलामा विस्तारवादी चरित्र विरुद्ध प्रदर्शन गरेको छ।

नेविसंघका पूर्व उपाध्यक्ष एवम राष्ट्रिय राजनितीका उदिएमान नक्षत्र ऋषिकेशजंग शाहको नेतृत्वमा नेपाली भूभाग लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा भएको अतिक्रमण विरुद्ध गो ब्याक इण्डिया’ र ‘गो ब्याक चाइना’ को नारा सहित प्रदर्शनको गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीवीच झडप भएको हो ।

झडपको क्रममा प्रहरीले अन्धाधुन्द लाठीचार्ज गर्दा नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाह र नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पा लगाएत एक दर्जन नेताकार्यकर्ता घाइते भएका छन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।