बिहिबार, बैशाख १३, २०८१

काँग्रेस उम्मेदवार भँडेललाई मातृशोक, सभापति देउवाद्दारा दु:ख व्यक्त

भक्तपुर मंसिर १,  मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका कृष्णलाल भँडेललाई मातृशोक परेको छ । चुनावी प्रचार प्रशारको क्रममा रहेका उम्मेदवार भँडेलकी आमा सेतीमायाको आज बिहान ८६ वर्षको उमेरमा मध्यपुर अस्पतालमा निधन भएको हो ।

उच्च रक्तचाप भएपछि ३ दिनअघि अस्पताल भर्ना गरिएको र उपचारका क्रममा आज बिहान मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यस्तै यसवीचमा सञ्चालमा रहेको चुनावी प्रचारका कार्यक्रम समेत स्थगन गरेको भक्तपुर काँग्रेसले जनाएको छ ।

यसैवीच काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर १ (क) प्रदेशसभाका काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमायाँ भँडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।